Thursday, August 30, 2012

213.आफ्नै वसमा सधैं,समय होस् भन्छु म'त


आफ्नै वसमा सधैं,समय होस् भन्छु म'त
योजनाहरु सबै राम्रा,तय होस् भन्छु म'त

जीवनको खेल हारें मैले,दोष छैन कसैलाई 
म हारे पनि उसको,बिजय होस् भन्छु म'त 

आधा प्रतिसत भए नि,ज्यूनै पर्ने रैछ जीवन 
उस्को भने सत'प्रतिसत,सय होस् भन्छु म'त

विश्वभर अशान्तिको,बिकुल बजिरहेको बेला 
बुद्धत्व वाणी गुन्जिने, लय होस् भन्छु म'त 

कसरी बाँच्नु कोलाहल,अनि हिँसा द्वन्द भित्र 
पु:न: गौतम बुद्धकै , उदय होस् भन्छु म'त

http://rohitmagar.blogspot.com/

रोहित राना 
बुटवल-रुपन्देही 
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment