यहाँ बाट स्वर्ग जाने, बाटो चाहिँ कहाँ होला ?मरे पछि लाश पुर्ने , माटो चाहिँ कहाँ होला ?
. . . हुने खाने बाठा जति प्रदेशिनै भएपछि,
मुर्दा बोक्ने तल्लो घरे, लाटो चाहिँ कहाँ होला?
. . . अकालमै आज भोलि आफुँ मरि गएँ भने,
बाल बच्चा पाल्नलाइ, आटो चाहिँ कहाँ होला ?
. . . हामि जस्तो रहेपनि पछाडिका पुस्तालाइ,
सुख दिने जिन्दगिको, पाटो चाहिँ कहाँ होला ?
आर. एस. थापा
गजुल- रोल्पा
हाल - मरुभुमि बाट







No comments :
Post a Comment