बिर्स्यो होला नसोच्नु,भुलेको छैन मैलेछाती भित्र अरु कोहि,हुलेको छैन मैले
दिईरह्यौ सुवास यो,काँडामा फुले पनि
भमरा झैँ डाली डाली, डुलेको छैन मैले
टाढिएर बस्नु पर्दा,दु:खीछु भित्र भित्र
खुसी हुदै हिमालझैँ,खुलेको छैन मैले
नियतिले छुटाउँदा,जिबन आधा आधा
झर्न खोजे कोपिलामै,फुलेको छैन मैले
एस.पी
हाल-इजरायल







No comments :
Post a Comment