Wednesday, September 26, 2012

330.हेर्दा हेर्दै दिन दहाडै लुटे नरोउ सानी,

हेर्दा हेर्दै दिन दहाडै लुटे नरोउ सानी,
चोखो माया गर्नेहरु छुटे नरोउ सानी ।

भबिष्यका चाहनालाई पार्दै लथालिङ्ग,
मक्किएका डोरी जस्तै चुटे नरोउ सानी ।

भोको पेट भर्न तिम्लाई उनकै चहनामा,
मकै ठानि हाडि भित्र भुटे नरोउ सानी ।

हेर्दा राम्रा भए पनि हुदा रैछन् कमजोर ,
काँचका चुरा फुटे सरी फुटे नरोउ सानी ।

मौका हेरी बलियाले पौरख देखाउन,
निरीहलाई थलै पारी कुटे नरोउ सानी ।

शान्ति अधिकारी
बाँके २०६९

No comments :

Post a Comment