हेर्दा हेर्दै दिन दहाडै लुटे नरोउ सानी,चोखो माया गर्नेहरु छुटे नरोउ सानी ।
भबिष्यका चाहनालाई पार्दै लथालिङ्ग,
मक्किएका डोरी जस्तै चुटे नरोउ सानी ।
भोको पेट भर्न तिम्लाई उनकै चहनामा,
मकै ठानि हाडि भित्र भुटे नरोउ सानी ।
हेर्दा राम्रा भए पनि हुदा रैछन् कमजोर ,
काँचका चुरा फुटे सरी फुटे नरोउ सानी ।
मौका हेरी बलियाले पौरख देखाउन,
निरीहलाई थलै पारी कुटे नरोउ सानी ।
शान्ति अधिकारी
बाँके २०६९
मौका हेरी बलियाले पौरख देखाउन,
निरीहलाई थलै पारी कुटे नरोउ सानी ।
शान्ति अधिकारी
बाँके २०६९







No comments :
Post a Comment