Tuesday, October 2, 2012

367.किन रुन्छेउ मलाई हेर्दै गल्ति गर्या छैन आमा,

किन रुन्छेउ मलाई हेर्दै गल्ति गर्या छैन आमा,
नरोउन भो रोएर नैे दु ख टर्या छैन आमा ।

मन भयो ढुङ्गै सरी भोगेका ति यातनाले,
आँधिहुरी सबै आयो चट्याङ पर्या छैन आमा ।

यथार्तको खोजि गर्दै सत्य कुरा बोलेकी हु,
कसैलाई नि दु ख दिन भ्रम छर्या छैन आमा ।

लाखौ कष्ट भोग्छु बरु सुख पाउने चाहनामा,
ईज्जत ईमान सबै फालि पाउमा झर्या छैन आमा ।

स्वाभिमानि नेपाली हुँ आत्मबिश्वास छ म भित्र,
अधिकार त दिलाउने छु जिउदै मर्या छैन आमा ।

शान्ति अधिकारी
बाँके

No comments :

Post a Comment