Tuesday, June 18, 2013

649.प्रेमको प्रस्ताब छोडेको थिए के सोचिन होली

प्रेमको प्रस्ताब छोडेको थिए के सोचिन होली 
मायाको बगैचा गोडेको थिए के सोचिन होली 

प्रेम बह कोरेको छू आफ्नो रगत मसी बनाई 
लिफामा गुलाफ जोडेको थिए के सोचिन होली 

नजर कसरी टिक्थ्यो र ! प्रतिक्रिया अगबै 
अघि पर्दा बाटो मोडेको थिए के सोचिन होली 

गुणगान नै गाउथिन अरु सित मेरो बारे 
मन को लढ्ढु फोडेको थिए के सोचिन होली

घरको लाई मेरो मेरो लाई घरको नहुने भो 
घर संगै नाता तोडेको थिए के सोचिन होली
तोरण राई
चक्चकी-७ झापा,नेपाल

No comments :

Post a Comment