Saturday, July 9, 2016

गजल-आउ नक्कली बिरामी बनी नक्कली डाक्टर यहि छ्न (गोमा श्रेष्ठ)

आउ नक्कली बिरामी बनी नक्कली डाक्टर यहि छ्न ।
कसैको महल कसैको घाम पानी नओत्ने घर यहि छ्न  ।

 लोग्ने नक्कली स्वास्नी नक्कली यहाँ बच्चाहरु पनि  अब,
नक्कली जन्मलान कि भन्ने त्रास अनि डर यहीँ छ्न ।

कुन सक्कली कुन नक्कली खुट्याउनै गाह्रो भै सक्यो यहाँ  
घरनीति देखि राजनीतिसम्म चोर फटाहा अक्सर यहीँ छ्न ।

सक्कली एउटा छ सगरमाथा र बुद्ध जन्मिएको भुमी छ
स्वार्थ अनि सानो मन भएका ठुला ठुला शहर यहीँ छ्न ।

सबै नक्कली अनि देखावटी पाराको माया पनि त्यस्तै,
 चोखो मायाको खोजी नगर्दा हुन्छ जाली अधर यहीँ छन ।

Monday, June 27, 2016

गजल गायन-उसैलाई सम्झेर बसिरहेछु (राम शरण श्रेष्ठ)






उसैलाई सम्झेर बसिरहेछु
फैसला कुरेर बसिरहेछु
स्वर, रचना, लय
राम शरण श्रेष्ठ
मात्र हारमोनियममा
Listen at YouTube

गजल गायन-अब जिन्दगीको उठी बास उठ्ला (राम शरण श्रेष्ठ)

गजल गायन-अब जिन्दगीको उठी बास उठ्ला
रचना, लय र गायन
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।
Ghazal
Aba Jindagiko Uthibas Uthala
Uta Doli Uthda Yata Las Uthala
Lyric, Music and Vocal
Ram Sharan Shrestha

अब जिन्दगीको उठी बास उठ्ला
उता डोली उठ्दा यता लास उठ्ला
..
आज सरिर बाट मुटु चुँडी लगे
धड्कन सँगै मेरो अब स्वास उठ्ला
..
कुनै दिन त भए हाम्रो प्रेम चर्चा
उघारेर पर्दा इतिहाँस उठ्ला
..
उस्कै हुकुम हो यो मर्नु पर्छ मैले
नठान्नु अब फेरी तिम्रो दास उठ्ला
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।
Listen at YouTube

Monday, November 9, 2015

तिहार विशेष गजल- सबैका घरघरमा लक्ष्मी आओस तिहारमा_राम शरण श्रेष्ठ

झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
..
देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका
देउसी भैलो रमाईलो धुन छाओस तिहारमा
..
नहोस खाली निधार भाईको हात दिदिवहिनीको
ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा
..
सप्तरंगी टिका माला दिदिबैनीको हातबाट 
सबले टिका यसपाली लाउन पाओस तिहारमा
...
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप 
र बुलबुलम २०७० तिहार विशेषमा बाचन भएको 

Friday, September 4, 2015

अनुप सापकोटाका २ गजलहरू -04-09-2015

१,निन्द्रा छैन रातमf अच्रेल
आजकल त किन हो खै,निन्द्रा छैन रातमा अचेल।
सराबमा चलेको छु,शक्ति छैन भातमा अचेल।।

लोभिएर फसेछु म त्यो, तिम्रो चक्रबिउमा।
पहिलेजस्तो निसन्देह सत्य छैन बातमा अचेल ।।

मुटुको धडकन अनि मनमा पनि हुन्छु भन्थेउ। 
हिडेकि छेउरे अर्कै सङग, मत छैन साथमा अचेल।।

अनयासै आजभोली डुल्दोरैछु गल्लि गल्ली।
सुनेकोछु तिम्रो अहिले ,भुइँ छैन लातमा अचेल।।


2.मन पर्दैन साथी
शुभकार्यमा आनाकानी ,मनपर्दैन साथी ।
गल्ती गर्छउ जानाजानी, मनपर्दैन साथी

अतीतका झल्कोहरू बिर्से हुन्छ अब।
पल्टाउछउ पानापानि मन पर्दैन साथी

माया भन्ने शब्द जब सुन्छु मैले कसैबाट।
चर्किन्छ यो कुनाकानी मन पर्दैन साथी ।।

सिपालुछउ कुरा गर्न नेताज्युनै बन्छउकित
बन्दहडताल आगजानी मन पर्दैन साथी

Thursday, August 27, 2015

आगो बल्दैछ


जातिय हिंसा दन्केर आगो बल्दैछ
कठै मेरो देश खै कसरी चल्दैछ

आमा, कति बोकूँ छातीमा देशको माया
जिउँदै तिम्रो छोरो सडकमा जल्दैछ

कसरी मुस्कुराउन् लुम्बिनी, सगरमाथा ?
छिमेकीले कालापानी, सुस्ता छल्दैछ

गृहयुद्धमा फस्न लागिसकेछ राष्ट्र
प्रतिपक्षी भन्छ, ऊ सरकार ढल्दैछ

तिम्रै भूमिमा जन्मेर तिम्रै मान्छेले
बुद्ध, तिम्रै मुहारमा कालो दल्दैछ


विनोद विवश
कुश्मीसेरा १, बागलुङ
२०७२-०५-०८

see other post at: http://www.binodpoudyal.com.np/

Wednesday, July 8, 2015

बनावटी चाहना होइन यो,नरिसाउ प्रिय

१. गजल
बनावटी चाहना होइन यो,नरिसाउ प्रिय । 
तिम्रो जीवन मात्र मेरो,अन्त नबिसाउ प्रिय ।।  

नतमष्तक भै सधैंभरी तिमीलाई नै चाहेको छु 
ख्याल सम्झी मलाई तिमी नगिज्याउ प्रिय ।

चरित्र आफ्नो ख्याल गरी अघि बढ्नु सधैं
इज्जत लिलाम हुने गरी अरुलाई,नरिझाउ प्रिय।

चाहना मनका यति धेरै तिमीलाई मात्र पाउने 
दिल खोलेर पोख भाव,नलजाउ प्रिय। 

ईशारा र सुस्केराले तिमीसँग कुरा गर्छु 
म नै लज्जित हुने गरी नचिच्याउ प्रिय। 
लालु क्षेत्री "कोकिल"
शुक्रनगर-३,चितवन


२. गजल
तिमी छ्यौ र त म मा आस्थाको एउटा फूल छ। 
हामी छौ वारिपारि बिचमा एउटा पुल छ ।

अल्पमतमा सँधै परिरहन्छु म आजभोलि 
यो तन अन्तै भएपनि,मन तिमीमा डुल्छ । 

चिनी पानीमा बिलाए सरी हराउँछु म तिमीभित्र 
त्यसैले त हाम्रो मायाँ एक आपसमा घुल्छ । 

त्यो चम्किलो मुहार मात्र देख्न पाउँ सँधै 
आवाज मात्र देउ तिमी दिलको ढोका खुल्छ । 

जे चाह्यो त्यसलाई पाउने घमण्ड छ म मा 
नपाए अरुको हुन नदिने यो "कोकिल"को वसुल(बानी) छ।

Sunday, July 5, 2015

यज्ञ प्रसाद गिरीका ५ गजलहरू

1.गजल
तिमी छौ र त यो शहर सुन्दर लाग्छ ;
तिमी छौ र त यो घर मन्दिर लाग्छ ।
(१)
लाग्दैन केही’नि ठुलो यो दुनियामा ;
तिम्रो मायानै, श्रेष्ठताको शिर लाग्छ ।
(२)
मन तिम्रो उदार र ऊच्च सोचको धनि ;
सुन्दर र स्वस्थय, तिम्रो शरिर लाग्छ ।
(३)
के के लाग्छ, सक्दैन भन्न, किमार्थ म;
माया भने तिम्रो कसम, गम्भिर लाग्छ।
(४)
साथ तिम्रो नपाउँदा, जिन्दगीको सफरमा;
सम्मो बाटो’नि, अनकन्टार भिर लाग्छ ।
रचना : यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
बैशाख ३ गते बिहीबार, २०७२ साल

गजल-सानै कुरा ठुलो पारी -उपेन पहाडी

सानै कुरा ठुलो पारी सताउनेको के भरोसा।
हप्तैपिच्छे बजारतिर धाउनेको के भरोसा।

सारी रोइ चोली रोइ चौबन्दी नि रोइरही।
असलिल भन्छु छोटा लगा लाउनेको के भरोसा।

देख्दा चालामाला यहाँ जवान बन्छन बुढा पनि।
ऐनाभन्दा बढी मुहार सजाउनेको के भरोसा।

भन्छन युगले पनि नाम थर भुल्दैछ रे।
झुठो नाम झुठो थर बताउनेको के भरोसा।

गर्याछैन बिहे भन्छन धरोधर्म ढाट्याछैन।
दोहोरीभन्दा लोरी राम्रो गाउनेको के भरोसा।
उपेन पहाडी( उपेन्द्र राई)
पाथेका ६ खोटाङ