याद तिमी नआएको, पल छैन यता ।।
तिमी विना समस्याको, हल छैन यता ।।
तप्किएका आँसुहरु..., प्रमाण छन हेर,
स्वच्छ कञ्चन प्रेममा, छल छैन यता ।।
रहर अरु के नै छ र, पाउनु तिमी बाहेक ,
तिमी हुँदाझै सँगैको, हलचल छैन यता ।।
लिएर आऊ प्रेमको औषधी छिट्टै तिमी,
प्रेमरोगी मेरो हालत, असल छैन यता ।।
मेरो भर तिमीलाई, तिम्रो मलाई हुन्छ,
सँगै जाउँ, यात्र एक्लै, बल छैन यता ।।
फर्क छिट्टै, आफ्नै देश, प्राण प्रिय जान्नु,
प्रेममा मजति कोहि, पागल छैन यता ।।
Date : 2011 January 28
http://nepaligazal.com/gazal/nepali/1034282011128.html
तिमी विना समस्याको, हल छैन यता ।।
तप्किएका आँसुहरु..., प्रमाण छन हेर,
स्वच्छ कञ्चन प्रेममा, छल छैन यता ।।
रहर अरु के नै छ र, पाउनु तिमी बाहेक ,
तिमी हुँदाझै सँगैको, हलचल छैन यता ।।
लिएर आऊ प्रेमको औषधी छिट्टै तिमी,
प्रेमरोगी मेरो हालत, असल छैन यता ।।
मेरो भर तिमीलाई, तिम्रो मलाई हुन्छ,
सँगै जाउँ, यात्र एक्लै, बल छैन यता ।।
फर्क छिट्टै, आफ्नै देश, प्राण प्रिय जान्नु,
प्रेममा मजति कोहि, पागल छैन यता ।।
Date : 2011 January 28
http://nepaligazal.com/gazal/nepali/1034282011128.html








No comments :
Post a Comment