तिमि आउने बाटोभरि फुल रोपिदिउँला आउ रँगभरि आकाशैमा धर्ति छोपिदउँला आउ
ईन्द्रेणीको हजार रँग तिमि भित्रै सजाएर
मनमुटु जोडि तिम्लाई दिलमा चोपिदिउँला आउ
दुनियाको आँखा छोपि लुकाउँछु सधैभरि
सपनाको सँसारभित्र तिम्लाई कोपिदिँउला आउ
पर्दैन भो अब रुन तिम्रो आँशु मलाई देउ
हातका लकिर मेटाएर नयाँ खोपिदिउँला आउ
कति शुन्य छयो जिबन अब छिट्टै आउ बिनि
जिन्दगी नै शुम्पीएर ताजको टोपिदिउँला आउ
एम.पि. पोखरेल
Gorkha Taple 8/or
Emadole lalitpur KTM







No comments :
Post a Comment