दिन हप्ता मास बित्यो, बित्यो साल पनि ।
सधै भरि दुःख मात्रै, मेरो हाल पनि ।
कसरी मन् बुझाउँ खै, पिरै मात्र पर्दा,
रोकिएन मन्को कसै, गति चाल पनि ।
पोहर नि मना'कै हो, नयाँ साल भनि,
प्रगति चैं यथावत, छल्यो काल पनि ।
समयको गतिसँगै, चल्ने बल गर्दा,
समय त अघि गयो, पारी गाल पनि ।
योजना त बन्छ धेरै, मन भित्रा भित्रै,
तर शून्य सफलतामा, लुके छाल पनि ।
शुभ रहोस् भन्छु म त, सवको नयाँ साल,
नयाँ आयाम् नयाँ जोश, नयाँ खाल पनि ।
ऋषिराम लम्साल
चित्रे एक स्याङ्गजा
सधै भरि दुःख मात्रै, मेरो हाल पनि ।
कसरी मन् बुझाउँ खै, पिरै मात्र पर्दा,
रोकिएन मन्को कसै, गति चाल पनि ।
पोहर नि मना'कै हो, नयाँ साल भनि,
प्रगति चैं यथावत, छल्यो काल पनि ।
समयको गतिसँगै, चल्ने बल गर्दा,
समय त अघि गयो, पारी गाल पनि ।
योजना त बन्छ धेरै, मन भित्रा भित्रै,
तर शून्य सफलतामा, लुके छाल पनि ।
शुभ रहोस् भन्छु म त, सवको नयाँ साल,
नयाँ आयाम् नयाँ जोश, नयाँ खाल पनि ।
ऋषिराम लम्साल
चित्रे एक स्याङ्गजा
No comments :
Post a Comment