Wednesday, January 30, 2013

599.तिमी फुलेउ,फुल्यो जोवन

तिमी फुलेउ,फुल्यो जोवन,फुल्दै गयो जिन्दगानि/
रङ्ग चढ्यो,चढ्यो जोवन,चढ्दै गयो जिन्दगानि//

मिठा-मिठा बात गर्दै , दुबै जना सग-सगै बस्दा/
दिन ढल्यो ,रात ढल्यो ,ढल्दै गयो जिन्दगानि//

यौवनले तिमी बलेउ बल्दै गयो जवनी नि/
जवनी मा रङ्ग चढ्यो, बल्दै गयो जिन्दगानि//

आमा भुलेउ, बाबा भुलेउ, भुल्दै साथी सङ्गी/
तिम्ले भुले मैले भुल्दा, भुल्दै गयो जिन्दगानि//

नवराज देवकोटा (NRD)
कास्की, पोखरा

No comments :

Post a Comment