Wednesday, January 30, 2013

600.विकासराज शर्मा निमेषका ५ गजलहरु

गजल 1
घिउ चाकु खानै पर्छ भन्ने छैन
खानैले रमाइलो गर्छ भन्न छैन

देश छाडियो, परिवार,इष्टमित्र साथिभाइ
सवैका याद खायरै टर्छ भन्ने छैन

सम्झिदैमा आँशु आउछ पर्वहरू
एक्लै खाँदा खुसी छर्छ भन्ने छैन्

बाँचिराखे जाउला क्यारे मेलामहोत्सब
ढ्रङ्गेसाउ,रिडि माइ सर्छ भन्ने छैन ।


गजल 2
आजकल म चालु भाको छु
फोकटियाकै रखालु भाको छु

जस्ले बोलाएनि फुत्त जान्छु
तइ भन्छन् सब ठालु भाको छु

महत्तो केहि छैन यत्तिकै
काइयो बेच्ने बुढाको तालु भाको छु

भनिदिन्छन् भाउ खायो अनयासै
चाइए झिक नत्र फालु भाको छु

रङ्भेदि छ योसाला दुनियाँ
गोरेगोरे विचमा कालु भाको छु

गजल 3
देखेकै छैन कोहुन याद आको छ
सुनेकै छैन कहिल्यै माया लाको छ

पागल भएकि क्याहो म, तर कसरी ?
आफ्नैमन आफैदेखि अचम्मित भाको छ

देख्नुछैन, सुन्नु छैन चिन्नु पनि छैन
पत्तै छैन मन कता कता धाको छ

ए बाबा देखे भए बोल्थे होला जो भएनि
मन देखेर यो दिमाग दङ्ग खाको छ

कोसँग हो , कहाँछिन उनि थाहैछैन
साच्चै लभपरेजस्तो उमंग छाको छ

यस्तो पनि हुँदो रैछ यो संसारमा प्रभु
एकैझलक मनले उनि चिन्न चाको छ


गजल 4
अनैाठो याद आयो आज
तिम्रै माया लायो आज

बर्षैा भइसकेछ नदेखेको
तिम्लाइ मनले चायो आज

सुन्दै दिक्क लागी भागेकोथे
तर तिम्रै गीत गायो आज

देख्दै रिष उठ्दो तिमी
तिम्रै बहार छायो आज

तिमीबिना खुसि बाच्छु भन्नेले
साह्रै दुख पायो आज


गजल 5
दुरि टाढा छ त रोएँ
एक्लो यहाँ र त रोएँ

तिमीबिना बाच्नै गाह्रो
मन एक्लै भ त रोएँ

भुल्न खोजे तिमीलाइ
झनझन ध्यान गत रोएँ

तिमी त रमाउछ्यैा जहिँ
तिमी हाँसेउ म त रोएँ
-----
विकासराज शर्मा (निमेष )
मकर सक्रान्ति २०६९

No comments :

Post a Comment