Wednesday, January 30, 2013

601.गोकर्ण कोईरालाका ४ गजलहरु

1.गजल
कस्को हो कति जोखे आज
अन्दाजमै माया तोके आज

निर्णय लिन गाह्रो भयो अब
जोखिम धड्कन बोके आज

नदुख्ने धड्कन  साह्रै दुख्यो
दुखेरै त दुखहरु पोखे आज 

पैदासी सङ्कोच याद्दास धेरै
दिमाख नै त्यसै घोटे आज

पवित्र प्रेम दोसी मेरो भाग्य
बन्धनलाई मैले रोके आज
गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर

2.गजल
दैव!तिमीले आज मलाई,हजुर बनाई दियौ
तिर्नै नसक्ने जिन्दगीको,दस्तुर् बनाई दियौ

जहाँ थिए घाईते थिए,चारैतिर उजाडै उजाड
मरभुमिको अमुल्य मिठो,खजुर बनाई दियौ

चल्दैन थियो हात खुट्टा,हिड्छु अब जताततै
देख्दा झनै निश्चल चोखो,मयुर बनाई दियौ

बल्ल आज कहिकतै,सत्यताको महसुस् गरे
मानव सम्झी आफ्नो छुट्टै,सुर बनाई दियौ

त्यसैकारण सम्झे प्रेम,हात बडाई दिए मैले
ढुक्क भए पिडा सारा,चक्नाचुर बनाई दियौ
गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर

3.गजल
अजाद अब जिन्दगानि हुनेछ
सबेरै छिट्टै नै बिहानि.. हुनेछ

मरेको लास भेटिन्न जताततै
चितामै जेलेर खरानी...हुनेछ

गर्छन होलान बात आपसमा
अब मात्र एक कहाँनी.. हुनेछ

सम्झेर त्यो दिन दुखित आज
ईतिहासमा राजा रानी.. हुनेछ

त्रसित जीवन पन्छाई हेरौ अब
यद्दास केबल सिरानी.... हुनेछ

 गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर

4.गजल
गरेर नै धर्म चोखो भयो भन्नेहरु
यहाँ पाईन्छ खोटो भयो भन्नेहरु

मुखमा राम राम बगलिमा छुरा
अनर्थमा भारि बोजो भयो भन्नेहरु

चताएको कपडाले सस्कृतिको नास
देखाउदै शरिर छोटो भयो भन्नेहरु

पहिचान मेटियो कस्लाई के को डर
संसार बिचमा होचो भयो भन्नेहरु

संघर्षमा जुटेर अनयासै कालो धन्दा
देशको नाममा सोझो भयो भन्नेहरु

गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर

No comments :

Post a Comment