सहयोगी भूमिका
गजल सर्जकहरु
को कहाँ बाट
पुराना रचना
Showing posts with label गौरब श्रेष्ठ (मनकुरा). Show all posts
Showing posts with label गौरब श्रेष्ठ (मनकुरा). Show all posts
Friday, May 3, 2013
Saturday, November 10, 2012
545.सगरमाथा खुले पछि नेपाल आउछ
Published :
10:03 AM
सगरमाथा खुले पछि नेपाल आउछ
स्वर्गलाई भुले पछि नेपाल आउछ
फूल त देख्यौ होला रातो नीलो हरियो
लालीगुराँस फूले पछि नेपाल आउछ
चरिको चिरिबिरि उषाको लाली सगै
डाँफे मुनाल डुले पछि नेपाल आउछ
भकारि हाम्रो त्यो तराईको फाँटमा
धानकाबाला झुले पछि नेपाल आउछ
आमित्यता बिभीन्न भाषा धर्म संकृती
मनमा माया घुले पछि नेपाल आउछ
गौरब श्रेष्ठ (मनकुरा)
स्वर्गलाई भुले पछि नेपाल आउछ
फूल त देख्यौ होला रातो नीलो हरियो
लालीगुराँस फूले पछि नेपाल आउछ
चरिको चिरिबिरि उषाको लाली सगै
डाँफे मुनाल डुले पछि नेपाल आउछ
भकारि हाम्रो त्यो तराईको फाँटमा
धानकाबाला झुले पछि नेपाल आउछ
आमित्यता बिभीन्न भाषा धर्म संकृती
मनमा माया घुले पछि नेपाल आउछ
गौरब श्रेष्ठ (मनकुरा)
Thursday, September 27, 2012
342.यहाँ सुन्दर नजारा कति हो कति
Published :
9:53 AM
यहाँ सुन्दर नजारा कति हो कतिछन् फेवा र रारा कति हो कति
झन खोला खोल्सी गन्डकी कोशी
ती पधेरी र धारा कति हो कति
झरेको छ रुप्से बोकि बेग आफ्नै
यि झरना छहारा कति हो कति
हरियाली जंगल अनेक बन्य जन्तु
सौराह र बारा कति हो कति
उत्तर छ खुलेको टल्कने हिमाल
जगमग सितारा कति हो कति
मनकुरा "मेरो गौरब"
गौरब श्रेष्ठ
Wednesday, September 26, 2012
337.खोज्यौ भने भगवान भेटिन्छ
Published :
4:43 PM
खोज्यौ भने भगवान भेटिन्छ
उ भित्र पनि ईमान भेटिन्छ
काँडाले नै काँडा नीकाल्छ
आँशुमै पनि मुस्कान भेटिन्छ
गर मेहेनत के हुन्न भाई
बगरमा पनि धान भेटिन्छ
अथक बनि लागीपरे कर्ममा
गरिबको नि पहिचान भेटिन्छ
शहिद त गए देखाई बाटो
ईतिहास हेर बलिदान भेटिन्छ
मनकुरा "मेरो गौरब"
गौरब श्रेष्ठ
उ भित्र पनि ईमान भेटिन्छ
काँडाले नै काँडा नीकाल्छ
आँशुमै पनि मुस्कान भेटिन्छ
गर मेहेनत के हुन्न भाई
बगरमा पनि धान भेटिन्छ
अथक बनि लागीपरे कर्ममा
गरिबको नि पहिचान भेटिन्छ
शहिद त गए देखाई बाटो
ईतिहास हेर बलिदान भेटिन्छ
मनकुरा "मेरो गौरब"
गौरब श्रेष्ठ
Tuesday, September 25, 2012
323.घर खरले छाको...त्यो देश हो मेरो
Published :
7:40 PM
घर खरले छाको...त्यो देश हो मेरोप्रकृतिमा रमाको त्यो देश हो मेरो
हिमालको पानी उकाली ....ओराली
सेती सुसाको त्यो ......देश हो मेरो
ईतिहास छ साक्षी बीर......हौ हामी
गोर्खालीले बनाको त्यो देश हो मेरो
हरियो बन नेपालको धन हो...हाम्रो
यिनै भीर पाखाको त्यो देश हो मेरो
जाति अनेका भाषा.......धर्म पहिरन
एकै छतमा अटाको त्यो देश हो मेरो
भृकुटि,सीता बुद्ध अनि.......अरनिको
यस्तै गौरब गाथाको त्यो देश हो मेरो
मनकुरा"मेरो गौरब"
गौरब श्रेष्ठ (मनकुरा),
Monday, September 24, 2012
310.खोज्दैछु यस्तो किताब पाईन्छ कि
Published :
11:40 AM
खोज्दैछु यस्तो किताब पाईन्छ किपाप र पुन्यको हिसाब पाईन्छ कि
काटेर छुरि रमायो आफ्नै जितमा
छुरि र चोटको मीलाब पाईन्छ कि
मरेर पाउने मैले स्बर्ग हो या नर्क
दिनुस न केहि सुझाब पाईन्छ कि
रोपेर बिष अमृत खोज्छ्न मानीस
यस्ता मुर्खको नी जवाब पाईन्छ कि
दशक बित्यो बोकेर बन्दुक क्रन्तीमा
डराउछु फेरि नि तनाब पाईन्छ कि
मनकुरा"मेरो गौरब
Tuesday, September 18, 2012
259.भेटे पछि अंगालोमा, कस्छु भन्छे काली
Published :
6:25 PM
भेटे पछि अंगालोमा, कस्छु भन्छे कालीसुई्को नदि दिल भीत्र, पस्छु भन्छे काली
फोटो मेरै हेर्छे अरे, टोलाउछे रे एकान्तमा
जानीजानी माया जालमा, फस्छु भन्छे काली
सजाएकी छु भन्छे, सपना हजार तिमी संग
तिम्रै मनमा राज गरि, बस्छु भन्छे काली
कहिले आउछौ भन्दै सोध्छे, मलाई घरि घरि
तिम्रै लागी क्रीम पाउडर, घस्छु भन्छे काली
औला भाँच्दै दिन गन्छे, लेख्छे लब लेटर
धोका दिए भीरबाटै, खस्छु भन्छे काली
मेरो गौरब
गौरब श्रेष्ठ (मनकुरा)
Wednesday, September 12, 2012
245.फर्क युवा अब त स्वदेश ......बनाउनुछ्
Published :
11:42 PM
फर्क युवा अब त स्वदेश ......बनाउनुछ्हिमाल पहाड एकै छनो मधेस बनाउनुछ
धेरै बगे पसिना त्यो सिच्यौ ...पराईभुमि
अब देशलाई सबै सामु बिशेष बनाउनुछ
कति गर्नु गुलामी यो दुई छाक कै लागी
खान्छु ढिडो दौरा आफ्नै भेष बनाउनुछ
सीमा मिच्ने चेली बेच्ने... पशुमानबलाई
चट्टान बनि उभिएर हरेस ......बनाउनुछ
ज्ञान शीप सिकेजती खर्चौ ..आफ्नै देशमा
श्रृङ्गारेर मातृभुमि संसारकै बेस बनाउनुछ्
मेरो गौरब
गौरब श्रेष्ठ (मनकुरा)
Tuesday, September 11, 2012
238.नयाँ बन्ने भगवान भो पैसा
Published :
3:57 PM
नयाँ बन्ने भगवान भो पैसासबैले मान्ने बर्तमान भो पैसा
नगर्नुस् कुरा दफा र ऐनको
हुनेखानेहरुकै बिधान भो पैसा
डाक्टरमा पनि मानबता रहेन
गरिबलाई पुर्ने चिहान भो पैसा
यसैले छुटायो नाता सम्बन्ध
ईश्वर भन्दा बलबान भो पैसा
यात्रु किचिदा सडक छेकिन्छ
कस्तो सजिलो निदान भो पैसा
छोरो रुदा चकलेटले मान्दैन
बाच्चाकै पनि मुस्कान भो पैसा
मेरो गौरब
गौरब श्रेष्ठ (मनकुरा)
Saturday, August 11, 2012
174.यो दिल त बस् खाली,खाली.....थियो
Published :
10:39 AM
यो दिल त बस् खाली,खाली.....थियो
तीमी आयौ जीबनमा, ताली.....थियो
पऱ्यौ भर कत्ती, नबुझी........अरुको
तीम्रै बिश्वाशको दुनीयाँ, जाली थियो
बगायौ मेहनत, पानी मै.......तिमीले
न प्राप्ती कै उर्बर, बाली.........थियो
म डुबेर शोकमा, बगाउदा.......आँशु
तिम्रो आँगनमा भब्य, दिवाली...थियो
मैले भोकै कटाउदा, अनीदो....रातहरु
तीम्रो त सुनकै खाने, थाली......थियो
दिएर गयौ तीमीले, यो उपहार कस्तो
म हिड्दा सडक मै तुच्छ, गाली थियो
गौरब श्रेष्ठ (मनकुरा)
Saturday, July 28, 2012
137.दुख्नै छोड्यो मुटु अब, चोटहरु ........खाइ खाइ
Published :
10:10 AM
दुख्नै छोड्यो मुटु अब, चोटहरु ........खाइ खाइ
आफ्नै नाम बदनाम गर्यौ, झुठोमाया लाइ लाइ
कीन सुम्पे मुटु मेरो, नीर्मोही को ...बिश्बाश गरि
करौती हो तिम्रो माया, भन्ने थाहा........पाइ पाइ
कहाँ गए तीम्रा बाचा, संगै मर्ने .........कसमहरु
भन्ने गथ्र्यौ तीम्रै हु म, मेरो सामु ......आइ आइ
खुसि रैछ् तीम्रो अन्तै, मैले भन्दा ........धेरै दिने
भन्यौ किन बस दिलमा, आर्कैलाई .....चाही चाही
आफ्नै नाम बदनाम गर्यौ, झुठोमाया लाइ लाइ
कीन सुम्पे मुटु मेरो, नीर्मोही को ...बिश्बाश गरि
करौती हो तिम्रो माया, भन्ने थाहा........पाइ पाइ
कहाँ गए तीम्रा बाचा, संगै मर्ने .........कसमहरु
भन्ने गथ्र्यौ तीम्रै हु म, मेरो सामु ......आइ आइ
खुसि रैछ् तीम्रो अन्तै, मैले भन्दा ........धेरै दिने
भन्यौ किन बस दिलमा, आर्कैलाई .....चाही चाही
सपना हज्जार देखाएर, यहाँ सम्म.........डोहोऱ्यौ
आज मुटु झीकी दिदा, कीन भन्यौ ......नाइ नाइ
Thursday, June 21, 2012
139.आफैलाई आज, जाँचेर हेरे
Published :
7:42 AM
आफैलाई आज, जाँचेर हेरेदुख्छ कती, भाँचेर हेरे
जल्दा सपना, कस्तो हुन्छ
रहर थोरै, साँचेर हेरे
नहुनुको अर्थ, बुझ्न मैले
हाँगा प्यारो, लाछेर हेरे
के हेला जीबन, माया बीनाको
अध्याँरोमा एक्लै, बाँचेर हेरे
प्रेम मा तनाब, सहनु के हो?
पागल झै आफै, हाँसेर हेरे
जोडिन्न फेरि, टुटेको मुटु
फुटेको शिशा, गाँसेर हेरे
Friday, June 15, 2012
Published :
6:31 AM
Thursday, June 14, 2012
112.बटुलेर बधाई तीमी, हाँस्यौ अनायासै
Published :
6:37 PM
बटुलेर बधाई तीमी, हाँस्यौ अनायासै
मेरो फोटो च्याती अर्कै, टाँस्यौ अनायासै
मैले माया भन्दा भन्दै, गर्छु तीमी संग
थाहै नदि नयाँ नाता, गाँस्यौ अनायासै
जती थिए संगालेको, कथाहरु हाम्रो
जरै देखि मर्ने गरि, तास्यौ अनायासै
कती रहर पालेको थे, माया फुलाउन
बैभबताको खुर्पा लागाई, मास्यौ अनायासै
सबैले त भन्थे यहाँ, पागल भयो “गौरब”
सहि बनाई तिनका कुरा, भाग्यौ अनायासै
गौरब श्रेष्ठ (मनकुरा)
मेरो फोटो च्याती अर्कै, टाँस्यौ अनायासै
मैले माया भन्दा भन्दै, गर्छु तीमी संग
थाहै नदि नयाँ नाता, गाँस्यौ अनायासै
जती थिए संगालेको, कथाहरु हाम्रो
जरै देखि मर्ने गरि, तास्यौ अनायासै
कती रहर पालेको थे, माया फुलाउन
बैभबताको खुर्पा लागाई, मास्यौ अनायासै
सबैले त भन्थे यहाँ, पागल भयो “गौरब”
सहि बनाई तिनका कुरा, भाग्यौ अनायासै
गौरब श्रेष्ठ (मनकुरा)
Wednesday, May 23, 2012
46.तिम्रो आँखा सामु त्यो, गीलासको.. शराब कम लाग्छ
Published :
12:03 PM
तिम्रो आँखा सामु त्यो, गीलासको.. शराब कम लाग्छ
झुठ बोल्छन ती फूलहरु, गुलाबको पराग कम लाग्छ
नजरै छन् धारिला उन्को, जहाँ परे हुन्छन चिरा चिरा
तरबार पनी तिम्रो सामु, सत्य भन्छु..खराब कम लाग्छ
भुतुक्क पार्ने त्यो कर्के हेराईका, अचुक शस्त्र बाणले
फीका छन् बन्दुक छोडेका, गोलीको..टकराब कम लाग्छ
रुपैको जाल कस्तो खोली छाडि, माछीलाई फसुफसु लाग्ने
त्यही जालमा फस्नेहरु भन्छन, माकुरिको धराप कम लाग्छ
झुठ बोल्छन ती फूलहरु, गुलाबको पराग कम लाग्छ
नजरै छन् धारिला उन्को, जहाँ परे हुन्छन चिरा चिरा
तरबार पनी तिम्रो सामु, सत्य भन्छु..खराब कम लाग्छ
भुतुक्क पार्ने त्यो कर्के हेराईका, अचुक शस्त्र बाणले
फीका छन् बन्दुक छोडेका, गोलीको..टकराब कम लाग्छ
रुपैको जाल कस्तो खोली छाडि, माछीलाई फसुफसु लाग्ने
त्यही जालमा फस्नेहरु भन्छन, माकुरिको धराप कम लाग्छ
गौरब श्रेष्ठ (मनकुरा)
कर्मैया-२ सर्लाहि
हाल: दुबई
कर्मैया-२ सर्लाहि
हाल: दुबई
Thursday, May 17, 2012
43.काम चलाउ मुटु छ, जसोतसो बाँचीन्छ
Published :
10:00 AM
काम चलाउ मुटु छ, जसोतसो बाँचीन्छ
नीयती चुटी रह्यो, तै पनी हाँसीन्छ
जुनको सपना देख्दीन म, हैसीयत मेरो छैन
टेक्नु पर्ने धर्ती मै हो, केहि छैन भासीन्छ
फूल हो यो जीन्दगानी, पानी हुरि छल्न पर्छ
नयाँ डाली पलाउछ फेरि, के भो हाँगा लाछीन्छ
आशै मा त अडेको छ। मान्छे का रहरहरु
सबै पुरा नभएनी, सपना हजार साँचीन्छ
कुनै रुख चिनीन्छन, आफ्नै फलको भरमा
अजम्बरि को नै छ र, कुनै दिन त नासिन्छ
<3 Gaurab Shrestha (Maankura) <3
नीयती चुटी रह्यो, तै पनी हाँसीन्छ
जुनको सपना देख्दीन म, हैसीयत मेरो छैन
टेक्नु पर्ने धर्ती मै हो, केहि छैन भासीन्छ
फूल हो यो जीन्दगानी, पानी हुरि छल्न पर्छ
नयाँ डाली पलाउछ फेरि, के भो हाँगा लाछीन्छ
आशै मा त अडेको छ। मान्छे का रहरहरु
सबै पुरा नभएनी, सपना हजार साँचीन्छ
कुनै रुख चिनीन्छन, आफ्नै फलको भरमा
अजम्बरि को नै छ र, कुनै दिन त नासिन्छ
<3 Gaurab Shrestha (Maankura) <3
Thursday, May 10, 2012
30.सम्झेर कसैलाई रुनुको पीडा The Lost Heart
Published :
1:28 AM
सम्झेर कसैलाई रुनुको पीडा
पाएर सबै केहि नहनुको पीडा
पाएर सबै केहि नहनुको पीडा
बिषाक्त यो प्रहर बिचमा
तिम्रो तस्बिर छुनुको पीडा
तिम्रो तस्बिर छुनुको पीडा
चिथोरि घाउ चीच्चाई आफै
नुनीला आँखा धुनुको पीडा
नुनीला आँखा धुनुको पीडा
जलेको मुटु बोकेर छातीमा
कसैलाई माया दिनुको पीडा
कसैलाई माया दिनुको पीडा
शुन्य भै बिबेक चकमन्न सबै
मुटुको चाल रोकिनुको पीडा
मुटुको चाल रोकिनुको पीडा
::::: Lost Heart ::::::
गौरब श्रेष्ठ (मनकुरा)
कर्मैया-२ सर्लाहि
हाल: दुबई
कर्मैया-२ सर्लाहि
हाल: दुबई
Tuesday, May 8, 2012
26.तिमी बस्ने मुटु झीकी, फाली दिए मैले
Published :
3:09 PM
तिमी बस्ने मुटु झीकी, फाली दिए मैले
त्रीशुलिको बाटो लगी, हालि दिए मैले
दुखीर्ने छाती यो, कती पाल्नु रोग माया
ओखती यो मृत्यु संगै, गालि दिए मैले
आफ्नो बनी छोडि जादा, मुर्झाउने मायाओखती यो मृत्यु संगै, गालि दिए मैले
माया बोक्ने जीन्दगी नै, ढाली दिए मैले
केहि चिज बाँकि थिए, छोडिएका यतै तीर
तेहि याद सलाइ कोरि, बाली लिए मैले
तेहि याद सलाइ कोरि, बाली लिए मैले
कल्पनाको गहिराईमा चुहिएका मनहरु
छीद्रा छीद्रा खोजी खोजी, टालि दिए मैले
छीद्रा छीद्रा खोजी खोजी, टालि दिए मैले
गौरब श्रेष्ठ (मनकुरा)
जनकपुर, सर्लाहि
कर्मैया -२ बाग्मती
हाल दुबई
Subscribe to:
Posts
(
Atom
)
पेज हेर्नुहुनेहरु
हामी छौ फेसबुकमा !
लोकप्रिय रचनाहरु
-
प्रियजनले पनि आउदा भयो फुल र अबिर चढाउदा भयो मुटुको व्यापार, गर्नेले छाती चिर्न हतियार समाउदा भयो हुँदैन कहिल्यै दोबाटो एउटै संकोच ...
-
१) गजल आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै द्यौरालीम...
-
गजल बाकी यो मेरो जिबन उपहार मिलोस तिमीलाई। म 'नै मर्छु बरू सुनौलो संसार मिलोस तिमीलाई। बधाई छ नया जिबनको तिमीलाई मेरो शुभकामना। स...
-
माया प्रेमका कुरा गर्ने छैन अब। विश्वासमा कसैको पर्ने छैन अब॥ जाली संसार तड्पी बाँच्नु पर्यो। काल्पनिको सागर तर्ने छैन अब॥ जन्मेको एक्लै ...
-
दशै आयो घरमा चुलो जल्दैन हामि गरिबको'मा। साहुको घरमा जस्तै खसि ढल्दैन हामि गरिबको'मा। पुर्खौ देखि खोले अनि सिस्नु सँग साईनो छ रे, म...
-
मन भित्र तिमी देखेँ । तन भित्र तिमी देखेँ । खल्ति छाम्दा भेटीएको, धन भित्र तिमी देखेँ ।। लेक बेशी हिड्ने बेला, वन भित्र तिमी देखेँ...
-
विजया दशमी(२०७०)को उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु कोमल गज़ल *********** नेपालीको आँगनमा,रमाएर आओस दशैँ सम्वृद्धि र ...
-
गजल धारिला ती छुरा हुन मान्छेको जिवन सपना अधुरा हुन मान्छेको जिवन । पत्तै नपाइए प्याट्ट फुती जान्छ,कुनै पल, रहर अपुरा हुन मान्छेको ...
-
पिरतीको मूल बाटो खुले पछी रमाएँ थें। खुशी बोक्ने तन मन घुले पछी रमाएँ थे।। चारै तिर ऋतु जस्तै बदलिंदै हिंडे पनि । आँगनीका मखमली फूले पछ...
-
कुरै कुराले यो देश बन्ला त....? सत्य छुराले यो देश बन्ला त....? फेरी तम्मिन्छन नसक्ने हरु॥ यस्ता भुराले यो देश बन्ला त....? किन...? ब...















