Showing posts with label नविन नेपाल. Show all posts
Showing posts with label नविन नेपाल. Show all posts

Thursday, January 10, 2013

574. लुकाएरै बिकाउ सडकमा नझार ।


लुकाएरै बिकाउ सडकमा नझार ।
जवानिको भाउ सडकमा नझार ।

हुँदैन धन बिनाको माया हुँदैन
मनमनै चिताउ सडकमा नझार ।

देखिन्छेउ सधै भर्खर बेचियाझै
केश अलि मिलाउ सडकमा नझार ।

त्यो आसुको मुल्य सुन्य बाराबर
बरु नकाब लगाउ सडकमा नझार ।

रहरै हो बाध्यले त गीटी कुट्छन
बनावटी घाउ सडकमा नझार ।

नबिन जिबन सुरु गर्न गल्ती गरे
यती सस्तो बचाउ सडकमा नझार ।

नबिन नेपाल
भक्तपुर

Tuesday, October 2, 2012

375.लाउदै नलाई गुन, तिर भन्छौ तिमी ।

लाउदै नलाई गुन, तिर भन्छौ तिमी ।
खै कहिलेको नुन, तिर भन्छौ तिमी ।

झुटो हिसाब बनाउन कहाँबाट सिक्यौ ?
दिदै नदिइ सुन, तिर भन्छौ तिमी ।

मेरोलागि कसैले सिन्को भच्या छैन
केको बदला खुन, तिर भन्छौ तिमी ।

सिक्ने सबै पास हुँदैनन थाहै होला पक्कै
जन्दै नजनेको धुन, तिर भन्छौ तिमी ।

फुल टिपेर कसैलाई दिने आट त छैन
झार्छु भन्या जुन, तिर भन्छौ तिमी ।

राम्रो काम पो थालिछौ छिट्टै धनी हुने
भन अझै कुन कुन, तिर भन्छौ तिमी ।


नविन नेपाल
भक्तपुर,नेपाल 

Wednesday, September 19, 2012

277.नविन नेपालका दुई गजलहरु

नविन नेपाल
1.गजल एक  
कुहिएको फोहोर दाम लाग्छ, सोच ।
फालेको ढुङ्गा काम लाग्छ, सोच ।

हिडेको बाटो गल्ती नि होला
फर्केर फेरी जाम लाग्छ, सोच ।

गोलो छ धर्ती पालो आउछ सबको
सिमसार खेतमा घाम लाग्छ, सोच ।

छाडेर गए धोकेवाज भन्छु
जिन्दगी भरिलाई नाम लाग्छ, सोच ।

फलामले कुटे छालामा घाउ
बोलिले मुटुमा डाम लाग्छ, सोच ।

आशिर्बाद लाग्न समय लाग्ला
सराप त ठाम्को ठाम लाग्छ, सोच ।

डराएको  होईन सम्झाएको हुं
नबिनलाई मायाको लाम लाग्छ, सोच ।

276.स्वर्गकी परी भनु..

नविन नेपाल
स्वर्गकी परी भनु, अलि कम हुन्छ ।
सुन्दर नगरि भनु, अलि कम हुन्छ ।

पिपलको रुखझै छाया छ उन्को
सित्तल छहरी भनु, अलि कम हुन्छ ।

जब पोल्छ पिडाले तब पुग्छु त्यहाँ
बर्षाको झरी भनु, अलि कम हुन्छ ।

हासी खुशी मुहार रमाएकै देख्छु
वनको चरी भनु, अलि कम हुन्छ ।

नसालु अधर बैसलु जोबन उन्को
बोलतझै भरी भनु, अलि कम हुन्छ ।

चम्किन्छिन उनि औसिको रातमा
सुनैको लहरी भनु, अलि कम हुन्छ ।

के माग्छिन दिन्छु पाउन उन्लाई म
की अरु केहि गरी भनु, अलि कम हुन्छ ।

नबिन नेपाल
भक्तपुर

270.गजल- नविन नेपाल

नविन नेपाल
लाउदै नलाई गुन, तिर भन्छौ तिमी ।
खै कहिलेको नुन, तिर भन्छौ तिमी ।

झुटो हिसाब बनाउन कहाँबाट सिक्यौ ?
दिदै नदिइ सुन, तिर भन्छौ तिमी ।

मेरोलागि कसैले सिन्को भच्या छैन
केको बदला खुन, तिर भन्छौ तिमी ।

सिक्ने सबै पास हुँदैनन थाहै होला पक्कै
जन्दै नजनेको धुन, तिर भन्छौ तिमी ।

फुल टिपेर कसैलाई दिने आट त छैन
झार्छु भन्या जुन, तिर भन्छौ तिमी ।

राम्रो काम पो थालिछौ छिट्टै धनी हुने
भन अझै कुन कुन, तिर भन्छौ तिमी ।

263.फेरी कस्ट गरे हजुर कलम घोटेर,

फेरी कस्ट गरे हजुर कलम घोटेर,
मसी नस्ट गरे हजुर कलम घोटेर,

खानु दिन्न लाउनु दिन्न यो गजलले
दिमाग भ्रस्ट गरे हजुर कलम घोटेर,

तिमी धनको म मनको मिल्यो कसरी
उन्लाई प्रस्ट गरे हजुर कलम घोटेर,

एकदिन त कसैले गजलकार भन्देला
मगन मस्त गरे हजुर कलम घोटेर,

एही बाटोले पुराउला स्वप्न मेरो देश ?
मनै त्रस्त गरे हजुर कलम घोटेर,

 नबिन नेपाल
सुडाल ०८
भक्तपुर

Wednesday, September 12, 2012

243.हरेक दिन नयां गजल फुराउ कसरी ?


हरेक दिन नयां गजल फुराउ कसरी ?
मिल्नै पर्छ रे काफिया जुराउ कसरी ?

नलेखुं त लेखुं लाग्छ नसै भयो गजल
सानो भयो शब्दकोश पुराउ कसरी ?

खारिएको लेख्न सके मनै हुन्छ दङ्ग
घाम लाग्दैन गजलमा झुराउ कसरी ?

मैले नलेखे अग्रज लेख्छन बिषय पाइन्न
बिस हजार गजलकारलाई कुराउ कसरी ?

लौन साथीहो केहि उपाए बताउ अब
लोसे भयो नबिन भन्छन सुराउ कसरी


नबिन नेपाल
भक्तपुर

Sunday, August 26, 2012

202.एक नजर हेरेको, के हेर्या ? भनिन,

एक नजर हेरेको, के हेर्या ? भनिन,
अली नजिक सरेको, के घेर्या ? भनिन,

मेरो मन नि उस्तै पगलैपो भाछ
एसो कपाल तानेको, के नटेर्या ? भनिन,

प्रयास गरे उन्को मनमा नाम लेखाउन्
एक चिट्ठी लेखेथे, के केर्या ? भनिन,

झोकैचल्यो ज्यानगए मान्दै मानिन
कहाँको रिस यहाँ, के फेर्या ? भनिन,

पलाएछ माया भनि हातै बडाए
के सोचिन, अङलोमा के नबेर्या ? भनिन,

Nabin Nepal
Bhaktapur

Thursday, August 16, 2012

182.जो पड्छन कुरान, मलाई स्विकार छ

जो पड्छन कुरान, मलाई स्विकार छ
बाइबल या पुरान, मलाई स्विकार छ

उ साथी हास्छ,खेल्छ,बोल्छ म सँग
खन्ना या खान, मलाई स्विकार छ

जो जहाँ बस्छ,त्यो मन्दिर हो उस्को
महल वा घुरान, मलाई स्विकार छ

जहाँ बसु म स्वभिमान नमारियोस 
नेपाल या इरान, मलाई स्विकार छ 

जो पड्छन कुरान, मलाई स्विकार छ
बाइबल या पुरान, मलाई स्विकार छ

नविन नेपाल

Tuesday, August 7, 2012

159.कुनै सर्जक मार्नु छैन, किन चोरु

कुनै सर्जक मार्नु छैन, किन चोरु
उपहारै हात पार्नु छैन, किन चोरु

पैसा र स्वभिमान कहाँ बाराबर ?
ठाडो शिर झार्नु छैन, किन चोरु

केहि नया बिचार होस केहि चिन्तन
अर्को पहाड खार्नु छैन, किन चोरु

चोर्यो एकदिन चोरि बिल्ला सधैलाई
दुनिया सँग हार्नु छैन, किन चोरु

नबिन कुरै मिठो, पुरनोमा के दम
लेखे भन्दै टार्नु छैन, किन चोरु

नविन नेपाल

Saturday, July 21, 2012

129.आउछु भनी भेट्नलाई आइनौ त खै

आउछु भनी भेट्नलाई आइनौ त खै
खान्छु भन्थेउ कसमहरु खाइनौ त खै

प्रेमको गीत तिमीसँग गाउ भन्थे म
शब्द संगीत दिए मैले गाइनौ त खै

सधै तिम्रो यादमा डुबिरहे म त
एकपल मलाई सोच्न चाहिनौ त खै

तिमी संगै रहे सधैभरी यादमा
एक्कै छिनलाई फुर्सद पाइनौ त खै 

बुझ्छु भन्थेउ मलाई र मेरा भाबना
चोखो माया लाए मैले लाईनौ त खै


नविन नेपाल,
Bhaktpur

127.नबोलाउ भो मलाई अब नशा मा झुलेकोछु,

नबोलाउ भो मलाई अब नशा मा झुलेकोछु,
तिमीलाई त के भो र दुनियांलाई भुलेकोछु, 

जालि, कप्टि, झेली हु म तिम्रो नजरभित्र
खान्छु नशा, खेल्छु नशा एसैभित्र खुलेकोछु,

अलिकती पिउदापनि फाइदा हुन्न भन्ने छैनन्
कती सक्छु, कती पाउछु हुल्नसम्म हुलेकोछु 

साझ पर्छ मनले खोज्छ कित तिमी कित नशा
तिमी पाउने आसा छैन भट्टी भट्टी डुलेकोछु 

कती चल्छ चलाउछु एस्तै एस्तै जिबन लीला
झर्यो भन्छन नबिन फुल म त एस्तै फुलेकोछु,

Monday, July 16, 2012

123.एउटा भुत आयो सुटुक्क हिजो राति

एउटा भुत आयो सुटुक्क हिजो राति
छेउमै बस्यो पार्यो भुत्तुक्क हिजो राति

हेर्दा लाग्यो आकृती केटीकै हो पक्कै
चिमोट्यो थोरै मुटु कुटुक्क हिजो राति

केटी भुतलाई किच्कन्या भन्दा रैछन सबै
संगै सुती खाटमा लुटुक्क हिजो राति

होस्मै हो कि बेहोसमा थाहै भएन
थोरै पानी खाए घुटुक्क हिजो राति

डराइ डराइ बित्यो बेहोसिमै रात
छायो उशा किरन पुलुक्क हिजो राती 

एउटा भुत आयो सुटुक्क हिजो राति
छेउमै बस्यो पार्यो भुत्तुक्क हिजो राति


Bhaktapur
नविन नेपाल

Thursday, July 12, 2012

116.फेसबूकको "लाईक" लेनी धनी भइन्छ त मामा ?

फेसबूकको "लाईक" लेनी धनी भइन्छ त मामा ?
थोत्रो एउटा "बाइक" लेनी धनी भइन्छ त मामा ?

जस्तो सक्छु तेस्तै लाउछु जाबो एकजोर जुत्ता!!!!
एडिडास र "नाइक" लेनी धनी भइन्छ त मामा ?

जो सुन्छ सुनाउछु, जहाँ मिल्छ सुनाउछु गजल
स्पिकर र "माइक" लेनी धनी भइन्छ त मामा ?


नविन नेपाल

Wednesday, July 11, 2012

114.भोका देखेर डराएको, म पागल होईन आमा

भोका देखेर डराएको, म पागल होईन आमा
शासक देखेर कराएको, म पागल होईन आमा

बज्रदैछन टाउका ........ ढुङ्गामा गरीबीले
खोज्दैछु दैब हराएको, म पागल होईन आमा

छोरीन्छन धन, लुटिन्छन चेली..... याहा
तेही घाउ चराएको, म पागल होईन आमा 

भोकाले खाउन, नाङगाले लाउन, रमाउन
यस्तै मन पराएको, म पागल होईन आमा

देख्छु सपना........... थिचिएको अचेल
अनी बर बराएको, म पागल होईन आमा

नबिन नेपाल्
भक्तपुर

209.भित्ता भरिका फोटा, भन के गरु म तेस्लाई ?

भित्ता भरिका फोटा, भन के गरु म तेस्लाई ?
तिम्रो नामको कोठा, भन के गरु म तेस्लाई ?

प्रतेक सिडिमा पाइलाको निसाना तिम्रो छ
भर्याङ देखी चोटा, भन के गरु म तेस्लाई ?

अपबित्र छन गाग्री , करुवा र भाडा अरु
त्यो गिलास र लोटा, भन के गरु म तेस्लाई ?

सके सम्म सम्हाले मायाका निसानी तिम्रो
च्यातिएका भोटा, भन के गरु म तेस्लाई ? 

दुब्लाए म, खिइए म, लुब्लाएन सम्झना
याद मात्र मोटा, भन के गरु म तेस्लाई ?

नविन नेपाल
Bhaktapur

Friday, July 6, 2012

201भित्ता भरिका फोटा, भन के गरु म तेस्लाई ?

भित्ता भरिका फोटा, भन के गरु म तेस्लाई ?
तिम्रो नामको कोठा, भन के गरु म तेस्लाई ?

प्रतेक सिडिमा पाइलाको निसाना तिम्रो छ
भर्याङ देखी चोटा, भन के गरु म तेस्लाई ?

अपबित्र छन गाग्री , करुवा र भाडा अरु
त्यो गिलास र लोटा, भन के गरु म तेस्लाई ?

सके सम्म सम्हाले मायाका निसानी तिम्रो
च्यातिएका भोटा, भन के गरु म तेस्लाई ? 

दुब्लाए म, खिइए म, लुब्लाएन सम्झना
याद मात्र मोटा, भन के गरु म तेस्लाई ?


नविन नेपाल
Bhaktapur

Thursday, July 5, 2012

196.सुनौलो दरबार कस्तो लाग्यो त तिम्लाई ?

छेस्का#
सुनौलो दरबार कस्तो लाग्यो त तिम्लाई ?
नबिन घरबार कस्तो लाग्यो त तिम्लाई ?
धेरैलाई हेरेउ होला, धेरैलाई भोगेउ पनि
यो चाही सरदार कस्तो लाग्यो त तिम्लाई ?

Wednesday, June 27, 2012

175.पैसा मात्र हेर्छेस्, तेस्तै हल्ला छ

पैसा मात्र हेर्छेस्, तेस्तै हल्ला छ
केटा मात्र फेर्छेस्, तेस्तै हल्ला छ

उम्केला कि माछो डराउछेस सधै
बेको कार्ड केर्छेस्, तेस्तै हल्ला छ

हतार हुन्छ तलाई बसमा पार्न उस्लाई
अंगालो मै बेर्छेस्, तेस्तै हल्ला छ

एउटा दुइटा होईन साथी धेरै चाहिने तेस्लाई
वारी  पारी  घेर्छेस्, तेस्तै हल्ला छ

अमृत, नबिन्, सनम उदाहरन तेस्का
ठाउँ पाए शेर्छेस्, तेस्तै 
हल्ला छ



नविन नेपाल, 

Monday, June 25, 2012

165.हिंड्ने बाटो भिरैभिर थियो

हिंड्ने बाटो भिरैभिर थियो
मुटु भरी पिरैपिर थियो

एक्लो तिमी घाती होईनउ
चारै तिर तिरैतिर थियो

बधाई देउ सम्हालेर ल्याए
तातो तातो झिरैझिर थियो 

हेरी बसे तिम्रो तान्डव नृत्य
तिम्रो भागमा खिरैखिर थियो

ओराली लाग्दा बाछोले खेद्छ
हुकुमी धेरै सिरैसिर थियो 


नबिन नेपाल्
भक्तपुर